काठमाडौं: रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीसम्बन्धी पछिल्लो विवरण सार्वजनिक भएको छ। २०८३ भदौ १२ गते साँझ ५ बजेसम्मको अपडेटअनुसार बाढीमा परी ५५३ जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार बाढीपछि २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये एक जनाको शव भने फेला परिसकेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ४२५ जना प्रहरी परिचालन गरिएको छ। बाढीका कारण घाइते तथा उद्धार गरिएका व्यक्तिको संख्या १ हजार ८४३ जना पुगेको छ।
फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४७, चितवनमा २२२, तनहुँमा ३१, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जना रहेका छन् ।

यस्तै, घाइते तथा उद्धार गरिएकामध्ये रसुवामा ५०२, नुवाकोटमा ८२५ र धादिङमा ३ जना रहेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये ९७ जना उपचारपछि डिस्चार्ज भएका छन् । बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज तथा उद्धार, शव व्यवस्थापन र राहतसम्बन्धी कामलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार