गाैशाला: देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मौसमविद्का अनुसार विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

तराईमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ भने मधेश र लुम्बिनीका केही स्थानमा हावाहुरी चल्न सक्ने जनाइएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो र सडक यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार