काठमाडौं, असाेज १४ गते ।
८० लाख रुपैयाँ ठगीसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ स्थायी ठेगाना भई हाल तारकेश्वर नगरपालिका–५ बस्दै आएका ४१ वर्षीय राजकुमार बिडारी रहेका छन् । उनलाई प्रहरीले २०८३ असोज १४ गते काठमाडौं महानगरपालिका–१०, बानेश्वरबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार बिडारीविरुद्ध ८० लाख रुपैयाँ बिगो कायम गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पेश गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार