गाैशाला: भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार अपराह्न नयाँ दिल्ली पुगेका छन् ।
आइतबार दिउँसो भारतका लागि प्रस्थान गरेका प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका हुन् ।
प्रधानमन्त्री शाह गत चैतमा सरकारको नेतृत्वमा पुगेपछि पहिलोपटक औपचारिक विदेश भ्रमणमा भारत गएका हुन्उ ।
उनको यस भ्रमणलाई नेपाल–भारतबीचको कूटनीतिक सम्बन्ध र द्विपक्षीय सहकार्यका दृष्टिले चासोका साथ हेरिएको छ ।


