गौशाला, मंसिर ७ गते ।
महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा रहेको राजिब अटो प्रा.लि.ले हिरो कम्पनीका मोटरसाइकल तथा स्कुटरको साटासाट मेला आयोजना गर्ने भएको छ ।
कम्पनीले मंसिर ९ गतेदेखि १४ गतेसम्म छ दिनका लागि मेला सञ्चालन गर्ने तयारी गरेको हो । मेलामा ग्राहकले जुनसुकै कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

साटासाट मेलाअन्तर्गत अन्य कम्पनीका मोटरसाइकल तथा स्कुटरको तुलनामा हिरोका सवारीसाधनमा ८ हजार रुपैयाँ बढी मूल्यांकन (भ्यालुएसन) गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
राजिब अटो प्रा.लि.का सञ्चालक रवि कुमार गुप्ताका अनुसार मेलामा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकका लागि विशेष छुटको व्यवस्था गरिएको छ । नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का आधारमा सहज किस्ताबन्दीमा सवारीसाधन खरिद गर्न सकिनेछ भने नगदमा खरिद गर्ने ग्राहकलाई पनि आकर्षक छुट उपलब्ध गराइनेछ ।
गुप्ताका अनुसार मेलामा प्रत्येक मोटरसाइकल तथा स्कुटरको खरिदमा ५ हजार रुपैयाँ नगद छुट प्रदान गरिनेछ । साथै मेलामा सहभागी हुने ग्राहकलाई विभिन्न सेवा तथा सुविधासमेत उपलब्ध गराइने उनले जानकारी दिए ।
कम्पनीले नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न इच्छुक ग्राहकलाई मेलामा सहभागी भई उपलब्ध अवसरको लाभ लिन आग्रह गरेको छ ।
थप जानकारी तथा सम्पर्कका लागि राजिब अटो प्रा.लि.को मोबाइल नम्बर **९८०४८२७८३६** मा सम्पर्क गर्न सकिनेछ ।








