मोरङ: निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा विद्युत् करेन्ट लागेर मोरङको रंगेलीमा एक १८ वर्षीय युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रंगेली नगरपालिका–५ बगुवान निवासी १८ वर्षीय अभय सरदार रहेका छन्।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ः२० बजे आफ्नै निर्माणाधीन एकतले घरको छतमा पानी हाल्ने क्रममा घरनजिकै रहेको ११ हजार भोल्टको विद्युत् प्रसारण लाइनबाट उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याइएको थियो। तर, बिहान ८ः३० बजे चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक अशोककुमार झाको नेतृत्वमा प्रहरी टोली तथा घटनास्थल अनुसन्धान टोली खटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार