गौशाला, मंसिर १२ गते ।

महोत्तरीको गौशाला नगरपालिका–७ जमुनियामा तेस्रो खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

जमुनिया एफसी र गौशाला नगरपालिका वडा नं. ७ को वडा कार्यालयद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको उद्घाटन समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, स्थानीयवासी तथा विभिन्न स्थानबाट आएका खेलप्रेमीहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताको उद्घाटन दिनको पहिलो खेलमा मर्निङ स्टार गौशालाले रौतहटको चन्द्रपुर–८ लाई ४–० गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको छ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार