• होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका
No Result
View All Result
TRENDING
Breaking News निधन
No Result
View All Result

सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढियाे ।।

न्युज डेस्क
न्युज डेस्क
१५ जेष्ठ २०७९, आईतवार २०:४५

काठमाण्डाैँ: सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि दिँदै आएको मासिक दुई हजार रुपैयाँ भक्तालाई निरन्तरता दिँदै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको बताउनुभएकाे हाे । 

योसँगै अब विभिन्न तहका कर्मचारीको तलब कम्तीमा ३५ सय २० रुपैयाँदेखि १० हजार दुई सय ६० रुपैयाँसम्म बढेको छ । बढेको तलब निजामतीका साथै प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरूका लागि पनि लागू हुनेछ ।  

१५ प्रतिशत तलब बढेपछि मुख्य सचिवस्तरका कर्मचारीको तलब ७७ हजार दुई सय ११ रुपैयाँ पुगेको छ । यस अगाडि मुख्य सचिव तहका कर्मचारीको तलब ६७ हजार एक सय ४० रुपैयाँ थियो ।

सचिवस्तरको तलब ७२ हजार ८२ रुपैयाँ पुगेको छ । यस अगाडि सचिवस्तरका कर्मचारीको तलब ६२ हजार ६ सय ८० रुपैयाँ थियो । 

सहसचिव स्तरका कर्मचारीको तलब ५६ हजार सात सय ८७ रुपैयाँ पुगेको छ । यस अगाडि सहसचिव तहका कर्मचारीको तलब ४९ हजार तीन सय ८० रुपैयाँ थियो । 

उपसचिव तहको कर्मचारीको तलब ४८ हजार सात सय ३७ रुपैयाँ पुगेको छ । यस अगाडि उपसचिव तहको कर्मचारीको तलब ४२ हजार तीन सय ८० रुपैयाँ थियो । 

शाखा अधिकृत तहका कर्मचारीको तलब ४३ हजार ६ सय ८९ रुपैयाँ पुगेको छ । यस अगाडि शाखा अधिकृत तहको कर्मचारीको तलब ३७ हजार नाै सय ९० रुपैयाँ थियो । 

नायब सुब्बा तहको कर्मचारीको तलब ३४ हजार सात सय ३० रुपैयाँ पुगेको छ । यस अगाडि नायब शुब्बा तहको कर्मचारीको तलब ३० हजार दुई सय रुपैयाँ थियो । 

खरिदार तहको कर्मचारीको तलब ३२ हजार नाै सय दुई रुपैयाँ पुगेको छ । यस अगाडि खरिदार तहका कर्मचारीको तलब २८ हजार ६ सय १० रुपैयाँ थियो । 

सरकारी कर्मचारीले यसबाहेक थप दुई हजार रुपैयाँ मासिक भत्ता पनि पाउनेछन् । कर्मचारीको सेवा सुविधा प्रत्येक दुई/दुई वर्षमा पुनरावलोकन गर्ने गरिएकाे छ । सभार: उज्यालो अनलाइन

प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

गौशाला नगरपालिकाले मनाए १९ औं धान दिवस ।।

धनुषामा १९ औं राष्ट्रिय धान दिवस मनाइयो, मलखाद्यको अभावले धान खेतीमा कमी ।।

सिरहामा ट्याक्टर पल्टिदाँ चालकको मृत्युु ।।

अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।

पर्सामा चट्याङ लागेर एक युवाको मृत्युु ।।

राैतहटमा मेयर सहित सुरक्षा निकायका प्रमुखहरूको संयुक्त टोलीद्वारा बागमती तटीय क्षेत्र निरिक्षण ।।

राजधानी टुडे मिडिया प्रा. लि. द्धारा सञ्चालित
www.rajdhanitoday.com
गौशाला न.पा.१२, महोत्तरी । प्रदेश – २
rajdhanitodaynews@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं.- २७१०/०७७/०७८
प्रेस काउन्सिल सूचिकृत : ३९२५/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २५०१२२/०७७/०७८
राजस्व विभाग (VAT) : ६०९८७८९७२

हाम्रो समूह

संचालक : राजेश कुमार सिंह कुशवाहा
९८४४३१८०६३
rajeshkushwaha34@gmail.com

सम्पादक : चमेली कुमारी
९८२४८१३७९१
rajdhanitodaynews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
  • Unicode

© 2021 Rajdhani Today. || Design & Developed By : Bibek Mahato.

  • होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका