राजेश सिंह
बर्दिवास, जेष्ठ १२ गते ।
महाेत्तरीकाे बर्दिवासमा दुई दिने प्राथमिक आँखा स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गत हप्ता बुधबार र बिहीबार गरि बर्दिवासकाे होटल बिश्वमिन्त्रमा दुई दिने प्राथमिक आँखा स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा अन्धोपन निवारण गर्नलाई अहम भुमिका निर्वाह गरेका सगरमाथा चौधरी आँखा अस्पतालले आँखा उपचार केन्द्र बर्दिबासको सह-आयोजना तथा बर्दिवास नगरपालिकाको सहकार्यमा औषधि व्यावसायहरुका लागी र प्राथमिक विधालय स्तरका शिक्षक तथा शिक्षिकाहरुका लागि दुई दिने प्राथमिक आँखा स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएका छन् ।

कार्यक्रममा गत हप्ता पहिलो दिन बुधबार महोत्तरी जिल्लाका बर्दिवास, गौशाला, रामगोपालपुर र भंगहा नगरपालिका तथा धनुषा जिल्लाका मिथिला नगरपालिका अन्तर्गतका औषधि व्यवसायीहरुकाे सहभागीता थिए भने दोश्रो दिन बिहीबार बर्दिवास नगरपालिका अन्तर्गतका प्राथमिक विधालय स्तरका शिक्षक र शिक्षिकाहरुकाे सहभागीता रहेको आँखा उपचार केन्द्र बर्दिबासकाे प्रमुख दृष्टि-विशेषज्ञ: रमेश शाहले जानकारी दिनु भएको छ ।

आँखा स्वास्थय शिक्षणकर्ता श्रीमती रुबी दास, आँखा उपचार केन्द्र बर्दिवासका प्रमुख दृष्टि-विशेषज्ञ रमेश साह र कार्यक्रमका प्रस्तोता नेत्र अधिकृत: रामनन्द बिश्वाकर्मा बाल्यकालमा हुन सक्ने आँखा सम्बन्धि रोग र रोगलाई समयमै उपचार गर्न नसके त्यसबाट हुन सक्ने जोखिम तथा अन्धोपन बारे जनचेतना मुलुक प्रशिक्षण दिएको प्रमुख: शाहले जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस् !