गाैशाला: महाेत्तरीकाे गाैशालामा बृक्षारोपण गरि विश्व वातावरण दिवस मनाएको छ । गाैशाला नगरपालिका वडा नम्बर १२ काे प्ररिया स्थित श्री मुन्नीमिश्री जनता आधारभुत (०-८) विधालयकाे प्रांगणमा बृक्षारोपण गरि विश्व वातावरण दिवस मनाएको हाे ।

विश्व वातावरण दिवसको अवसरमा विधालयकाे आयोजनामा, विधालय व्यवस्थापन समितिकाे अध्यक्ष: राेशन कुमार सिंहकाे अध्यक्षता तथा सशस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प जमुनियाका ईन्चार्ज: यम बहादुर ओली तथा सशस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प लक्ष्मिनियाकाे ईन्चार्ज: अमृत बहादुर ओलीकाे विशिष्ट अतिथिमा बृक्षाराेपन कार्यक्रम भएको थियोे ।

सो कार्यक्रममा विधालयका प्रधान अधयापक, शिक्षक शिक्षिकाहरु, विधार्थीहरु, स्थानिय जन-प्रतिनिधिहरु र स्थानिय व्यक्तिहरु गरी जम्मा अन्दाजी ३० जनाको उपस्थितीमा टिक, गमहार, अमला लगायत विभिन्न प्रजातिका १ सय ५० वटा बोटविरुवाहरु रोपेर कार्यक्रम सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस् !