जनकपुरधाम: धनुषामा जसपा नेपालका समिक्षा बैठकमै कुटाकुट गरेको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा धनुषा जिल्लाको समीक्षा बैठकमा नेताहरुले कुटाकुट गरेका छन् ।
जनकपुरधामसित जोडिएकै होटेल बाबाको ढावामा मंगलवार भएको समीक्षा बैठकमा संगठनको अवस्था बलियो रहे पनि चुनावमा भएको नराम्ररी पराजयको विषयमा नेताहरुले खुल्ला रुपमा आरोप लगाउन थालेपछि कुटाकुट भएको थियो ।
बैठकमा सहभागी एक जना सदस्यका अनुसार जसपा सबैला नगरपालिकाका अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तरघात गरेको आरोप लगाएर सिटमा बसे लगतै यादव समर्थकहरुले कुटपिट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् !