• होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका
No Result
View All Result
TRENDING
Breaking News निधन
No Result
View All Result

महिला पत्रकारहरुको समस्या र समाधान विषयक एक दिवसीय अन्तर्क्रिया सम्पन्न ।।

न्युज डेस्क
न्युज डेस्क
१ असार २०७९, बुधबार ०५:५२

बर्दिवास: आमसञ्चार प्राधिकरणले मधेश प्रदेशमा महिला पत्रकारहरुको समस्या र समाधान विषयक एक दिवसीय अन्तर्क्रिया कार्यक्रम मंगलबार  महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ ।

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले महिला पत्रकारको समस्या र त्यसका समाधानका निम्ति आफुहरु चिन्तित रहेको बताउनुभयो । ‘महिला पत्रकारको समस्या र त्यसका समाधानका निम्ति आफुहरु चिन्तित छौं’ उहाँले भन्नुभयो –‘तर खुशी हुने कुरा पनि छन, पाँच वर्षअघि यसरी सबै जिल्लाबाट महिला पत्रकारलाई प्रतिनिधित्व गराएर छलफल गर्ने अवस्था थिएन, चुनौती थुप्रै छन् र ती चुनौतीका बीच पनि महिला पत्रकारहरु आउनु भनेको समाजका लागि सुखद् पक्ष हो ।’

एउटा पाङ्ग्रा कमजोर बनाएर समाज, प्रदेश वा देश अघि बढ्न नसक्ने बताउनुहुँदै ‘हामी समाज निर्माणका दिशामा अगाडि बढेका छौं र त्यससँगै प्रदेश र देश प्रगतिको कुरा पनि छ’ मन्त्री साहले भन्नुभयो ‘महिला पत्रकारका लागि हामी गम्भीरतापूर्वक लिएका छौं र आवश्यक बजेटको व्यवस्था भएसँगै उहाँहरुको समस्यालाई समाधानतर्फ अघि बढ्छौं ।’ पत्रकारका लागि आमसञ्चार प्राधिकरणले स्वास्थ्य र दुर्घटना बीमा, लोककल्याणकारी विज्ञापन, प्रेस प्रतिनीधि परिचयपत्र, अनलाइन मिडिया दर्ता र नवीकरण लगायतका कार्यमा लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जसरी पनि यही आर्थिक वर्षबाट लोककल्याणकारी विज्ञापन सुरुवात गरिने र यसका लागि आफुहरु प्रयासरत रहेको बताउनुभयो । ‘पत्रकारहरुका समस्या आफुलाई अवगत नै छ, यस कार्यक्रममा पनि महिला पत्रकारका धेरै जसो समस्याहरु आइसकेको छ’ उहाँले भन्नुभयो– ‘ती समस्याहरु समाधान गर्न हामी प्रतिवद्ध छौं, महिला पत्रकारहरुका लागि साइबर सुरक्षा सम्बन्धी तालिम र पत्रकारिता विषयमा स्नातक अध्ययनका लागि छात्रबृती कार्यक्रम आगामी आर्थिक वर्षमा ल्याउन लागेका छौं ।’

कार्यक्रममा सञ्चारिका समूहकी केन्द्रीय अध्यक्ष विमला तुम्खेवा, महोत्तरीको मटिहानीका मेयर हरिप्रसाद मण्डल, नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष राजेश कुमार कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय ललिता साह र रिंकु कुमारी मिश्र, प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंह, महासंघ शाखा महोत्तरीकी कार्यवाहक अध्यक्ष हेम कुमारी बराल (सुनिता) लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

सञ्चारिका समूह नेपालले समन्वय गरेको उक्त कार्यक्रममा मधेश प्रदेशका जिल्लाहरुमा आमसञ्चारमाध्यममा कार्यरत महिला पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागी महिला पत्रकारहरुले कार्यक्षेत्रमा काम गर्दाको चुनौती, असुरक्षा, पारिश्रमिक, सेवा सुविधा, तालिम, छात्रवृती, सुत्केरी विदा, महिलामैत्री सञ्चारगृहको अभाव  सहितका विषयमा धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि स्वीकृत ।।

जनयुद्ध र मधेश आन्दोलनका शहिद परिवारलाई मासिक २१ हजार दिने ।।

गौशाला नगरपालिकाले मनाए १९ औं धान दिवस ।।

धनुषामा १९ औं राष्ट्रिय धान दिवस मनाइयो, मलखाद्यको अभावले धान खेतीमा कमी ।।

सिरहामा ट्याक्टर पल्टिदाँ चालकको मृत्युु ।।

अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।

राजधानी टुडे मिडिया प्रा. लि. द्धारा सञ्चालित
www.rajdhanitoday.com
गौशाला न.पा.१२, महोत्तरी । प्रदेश – २
rajdhanitodaynews@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं.- २७१०/०७७/०७८
प्रेस काउन्सिल सूचिकृत : ३९२५/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २५०१२२/०७७/०७८
राजस्व विभाग (VAT) : ६०९८७८९७२

हाम्रो समूह

संचालक : राजेश कुमार सिंह कुशवाहा
९८४४३१८०६३
rajeshkushwaha34@gmail.com

सम्पादक : चमेली कुमारी
९८२४८१३७९१
rajdhanitodaynews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
  • Unicode

© 2021 Rajdhani Today. || Design & Developed By : Bibek Mahato.

  • होमपेज
  • समाचार
  • स्थानीय समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपस्चिम
  • राजनीति
  • अपराध
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • भिडियो
  • धर्म
  • विविध
    • अन्तर्वार्ता
    • अर्थ
    • कला/साहित्य
    • कृषि
    • खेल
    • फोटो फिचर
    • मौसम
    • रासस
    • विचार/ब्लग
    • विज्ञान/प्राविधि
    • सूचना
    • विश्व
    • शिक्षा
    • पत्रपत्रीका