चितवन जिल्लामा स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, निश्पक्ष, शान्तिपूर्ण तथा भयरहित रुपमा सम्पन्न गर्नको लागि प्रभावकारी रुपमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्नको लागि उल्लेखनीय भुमिका निर्वाह गरेको कार्यको कदर स्वरुप जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक नवराज अधिकारीज्युका साथै यसै कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक द्वय नरहरी अधिकारी र रविन विष्टलाई जिल्ला प्रशासन कार्यालय चितवनले मिती २०७९/०३/०५ गते एक कार्यक्रमको आयोजना गरि श्रीमान् प्रमुख जिल्ला अधिकारी अश्मान तामाङज्युले प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो ।

साथै उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुख तथा प्रहरी नायब उपरीक्षक रविन बाबू रेग्मीलाई समेत प्रमुख जिल्ला अधिकारी अश्मान तामाङज्युले प्रशंसा पत्र र खादा ओढाई सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् !