गौशाला : महोत्तरीको गौशाला नगरपालिकामा बाल अधिकार सम्बन्धि तिन दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

तालिममा गौशाला नगरपालिकाको १२ वडाका वडा अध्यक्ष, सदस्य तथा वाल अधिकार समितिका सदस्य ४२ जना गरी जम्मा ५४ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा वालसंरक्षणका सवालको पहिचान, रोकथाम तथा जनचेतना, नितिगत पैरवीका कार्यक्रम, सेवा मुलक कार्यक्रम, उजुरी सुनवाई,वालविवाह सम्बन्धि, बालहिंसा तथा वालबालिकाको पूर्व स्थपना कार्यको लागी जस्ता विषयमा तालिम प्रदान गरिएको हो । तालिम आईतबार शुरु भई मंगलबारको समापन गरिएको छ ।

तालिममा विभिन्न स्थानबाट आएका प्रशिक्षकद्वारा प्रशिक्षण गराएका थिए । प्रशिक्षकद्वारा बालवालिकाहरुलाई कसरी सुरक्षित राख्न सकिन्छ त्यस विषयमा प्रयोगात्मक तरिका देखाई प्रशिक्षण गराएका थिए ।


प्रतिक्रिया दिनुहोस् !